बाढीपीडितका लागि तेमाल गाउँपालिकाद्वारा २५ लाख ३३ हजारभन्दा बढी सहयोग घोषणा
काभ्रे - काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितका लागि २५ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले विज्ञप्ति जारी गर्दै बाढीका कारण पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा …