समयमा सम्पत्ति विवरण नबुझाउने १ हजार ९४ जनाले तिरे जरिवाना
काठमाडौं - तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने १ हजार ९४ जना राष्ट्रसेवकले जरिवाना तिरेर सम्पत्ति विवरण बुझाएका छन्।
केन्द्रको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८०/८१ मा समयमा सम्पत्ति विवरण नबुझाउने उनीहरूलाई जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो। जरिवाना बुझाएपछि उनीहरूले सम्पत्ति विवरण पेस गरेका छन्।
भ्रष्टाचार निवारण ऐनअनुसार तोकिएको म्यादभित्र सम्बन्धित …