अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने
काठमाडौं - नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने भएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न संकट तथा मानवीय प्रतिक्रिया विशेषज्ञहरू पठाउन लागेको बताएका छन्।
अल्बानिजले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाले बाढी प्रभावितका लागि खाद्यान्न, आपत्कालीन आश्रय र चिकित्सकीय सहयोग उपलब्ध गराउने जानकारी …