रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका हुन् ।

आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गरेका हुन् । 

किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेका छन्  । उनले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गरे ।

उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ । रासस

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।