वैदेशिक रोजगारको नाममा दीपक घिमिरेको डरलाग्दो ठगी धन्दा: सर्वस्व गुमाएर कयौँ युवा सडकमा!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : वैदेशिक रोजगारको लोभ देखाएर निर्दोष, बेरोजगार नेपाली युवाहरूलाई ठग्ने र तिनको जीवन बर्बाद बनाउने एउटा भयानक गिरोहको नाइके दीपक घिमिरेको डरलाग्दो करतुत बाहिर आएको छ । अमेरिका, युरोप तथा कोरिया जस्ता मुलुकहरूमा आकर्षक तलब र सुरक्षित कामको झुटो आश्वासन दिँदै घिमिरेले देशका विभिन्न जिल्लाका सयौँ युवाहरूबाट करोडौँ रुपैयाँ असुलेर घिमिरे यतिबेला फरार बनेका छन् । वैदेशिक रोजगार विभाग र प्रहरी प्रशासनको आँखामा छारो हाल्दै उनले लामो समयदेखि यो धन्दा चलाइरहेको खुलासा भएको छ ।

सपना होइन, सर्वस्व लुटेका घिमिरे

भ्रष्ट मानसिकता र रातारात धनी बन्ने घिमिरेको कुत्सित चाहनाका कारण आज कयौँ परिवार ऋणको दलदलमा भासिएका छन्। गाउँघरमा खेतबारी धितो राखेर, साहुबाट सयकडा तीनको ब्याजमा ऋण काढेर घिमिरेको हातमा बुझाएका युवाहरू आज न त विदेश जान पाएका छन्, न त आफ्नो पैसा नै फिर्ता पाएका छन्।

सपना देखाएर सर्वस्व लुट्ने धन्दा

दीपक घिमिरेले काठमाडौँका महाराजगञ्जमा कार्यालय खडा गर्ने आफु मोडल तथा नेपाली सिने जगतका ठुला ठुला कलाकार देखि नेताहरुसँग राम्रो चिनजानका साथै पावर भएको र अमेरिका लगायत विभिन्न देशका भिसा देखाई सोझासाझा युवाहरूलाई आफ्नो जालमा पार्ने गर्थे। "भिसा शतप्रतिशत आउँछ", "कम्पनी आफ्नै चिनजानको हो" भन्दै विश्वासीलो नाटक रच्न सिपालु घिमिरेले प्रत्येक युवाबाट रु ५ लाखदेखि २५ लाख रुपैयाँसम्म असुल गरेका छन्।

एक पीडितको आक्रोश:

"हामीलाई राम्रो भविष्य र सुखद सपनाको प्रलोभन देखायो। अलि-अलि भएको पैतृक सम्पत्ति पनि स्वाहा पारिदियो। दीपक घिमिरे मान्छे होइन, सोझासाझा युवाहरूको रगत र पसिना चुस्ने पिचास हो। हाम्रो सर्वस्व लुटेर उ आज खुसीले घुमिरहेको छ।"

पीडितहरू सडकमा, ठग भने फरार!

पैसा बुझाएको महिनाौँ बितिसक्दा पनि भिसा नआएपछि र घिमिरेले विभिन्न बहाना बनाउँदै टाढिन थालेपछि मात्र युवाहरूले आफूहरू ठगिएको महसुस गरेका थिए। अहिले घिमिरेको फोन स्विच अफ छ भने उनको कार्यालयमा ताला लागेको छ। पैसा माग्न आउने पीडितहरूलाई उल्टै गुण्डा लगाएर धम्क्याउने गरेको समेत पाइएको छ।

दैनिक जसो वैदेशिक रोजगार विभाग र प्रहरी परिसरमा पीडितहरूको रुवाबासी देखिन्छ। तर, ठगी धन्दाका मुख्य योजनाकार घिमिरे भने अझै पनि कानुनको पहुँचभन्दा बाहिरै छन्।

फितलो प्रशासन र राज्यको मौनता

यस्ता ठग र अपराधीहरू खुलेआम समाजमा घुमिरहँदा पनि सम्बन्धित निकाय र प्रशासन भने मौन दर्शक बनेर बसिरहेको छ। प्रहरीमा पटक-पटक उजुरी पर्दासमेत अनुसन्धान र कारबाहीको प्रक्रिया सुस्त हुनुले यस्ता ठगहरूको मनोबल झन् बढेको प्रस्ट हुन्छ।

वैदेशिक रोजगारको नाममा देशका होनहार युवाहरूलाई उठ्नै नसक्ने गरी टाट पल्ट्याउने यस्ता अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही नगर्ने हो भने अझै सयौँ सोझा नेपालीहरू यसै गरी लुटिन बाध्य हुनेछन्।

हाम्रो माग:

गृह मन्त्रालय, नेपाल प्रहरी र वैदेशिक रोजगार विभागले तत्काल विशेष टोली परिचालन गरी दीपक घिमिरेलाई जहाँ भए पनि नियन्त्रणमा लिनुपर्छ। पीडितहरूको मिहिनेतको रकम अविलम्ब फिर्ता गराउन र उनलाई हदैसम्मको सजाय दिएर जेलको चिसो हावा खुवाउन अब अलिकति पनि ढिलाइ गरिनु हुँदैन।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्