अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने भएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न संकट तथा मानवीय प्रतिक्रिया विशेषज्ञहरू पठाउन लागेको बताएका छन्।

अल्बानिजले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियाले बाढी प्रभावितका लागि खाद्यान्न, आपत्कालीन आश्रय र चिकित्सकीय सहयोग उपलब्ध गराउने जानकारी दिए।

उनले विपत्तिबाट प्रभावित तथा आफ्ना आफन्तको अवस्थाबारे चिन्तित परिवारप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता अस्ट्रेलियालीहरूको अवस्था पत्ता लगाउन तत्काल काम भइरहेको बताएका छन्।

अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमाको बाढी प्रभावित समुदायका लागि ५ मिलियन अस्ट्रेलियन डलरको मानवीय सहायता प्याकेज घोषणा गरेको छ।

यसैबीच, बाढीपछि नेपालमा कम्तीमा ३९ जना अस्ट्रेलियाली बेपत्ता रहेको अस्ट्रेलियाली विदेशमन्त्रालयले जनाएको छ।

आपत्कालीन कन्सुलर सहयोग आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकले DFAT को Consular Emergency Centre मा 1300 555 135 वा विदेशबाट +61 2 6261 3305 मा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्