काभ्रेको तामाघाटमा स्कुटर पल्टिँदा चालकको मृत्यु, पैदलयात्री घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्री भने घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंको थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दोलालघाटबाट धुलिखेलतर्फ आइरहेको बागमती प्रदेश ०१–०१६ प ७३१८ नम्बरको स्कुटरले हिजो बेलुका सवा ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर सडक डिभाइडरमा ठोक्किएको थियो ।

स्कुटरको ठक्करबाट घाइते भएका पैदलयात्री काभ्रेको पाँचखाल नगरपालिका–४ बस्ने ५५ वर्षीय साइँला दनुवारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्