पहिरो खस्दा काठमाडौं-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - काठमाडौं-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् ।

धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध रहेको छ ।

अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।