बाढीपीडितलाई मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं - भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।

मुख्यमन्त्री खगराज भट्ट र ९ मन्त्रीले बाढी पीडितलाई एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बताएका छन्।

यसैगरि सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितको राहत र पुनर्स्थापनाको लागी दुई करोड सहयोग गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले बाढी पीडितको राहत र पुनर्स्थापनाका लागि दुई करोड रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको मन्त्री रावलले बताए।

‘प्रदेश विपद् व्यवस्थापन कोषबाट दुई करोड रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ’उनले भने।

यसैगरी बाढी  प्रदेश सरकारले प्रभावित क्षेत्रमा उपचारका लागि स्वास्थ्यकर्मी टोली पनि पठाउने निर्णय गरेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्