विदेशको पीआर लिएका मुद्रण सहायक किरण वाग्लेसँग मुद्रण विभागले माग्यो स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - मुद्रण विभागले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका मुद्रण सहायक किरण वाग्लेसँग ३० दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

विभागको शिक्षा सेवाको मुद्रण व्यवस्थापन समूहमा मुद्रण सहायक पदमा पदाधिकार रहेका वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि विभागमा अनुपस्थित रहेका थिए। उनले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको पाइएपछि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) खण्ड (ग) बमोजिम कसुर गरेको देखिएको छ।

उक्त कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय नगर्नुपर्ने कुनै उचित आधार र कारण भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सफाइ पेस गर्न गत साउन १९ गते सूचना प्रकाशित गरिएको थियो।

तोकिएको समयावधिभित्र सफाइ पेस नगरेकाले वाग्लेलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्दै पुनः सूचना जारी गरिएको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६७ को प्रयोजनार्थ निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) बमोजिम ३० दिनभित्र स्पष्टीकरण पेस गर्न विभागले बिहीबार यो सूचना प्रकाशित गरेको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्