विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएका ३७ वर्षीय नवीन लामा र काठमाडौं महानगरपालिका-३२ बस्ने सल्यान शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।  

पक्राउ परेकामध्ये नवीनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको बताइएको छ ।

त्यसपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नवीनलाई काठमाडौं महानगरपालिका-२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्