टिकटकलाई अहिलेसम्मकै ठूलो झट्का !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा टिकटकले संयुक्त राज्य अमेरिकालाई ४० करोड डलर (करिब ५३ अर्ब रुपैयाँ) जरिवाना तिर्ने भएको छ।

सन् २०२४ मा दायर भएको मुद्दाअनुसार टिकटक र यसको माउ कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका करोडौं प्रयोगकर्ताहरूको डाटा अभिभावकको अनुमतिबिना संकलन गरेका थिए। अमेरिकी संघीय कानुन 'चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट' (COPPA) विपरीत कार्य गरेको भन्दै लगाइएको आरोपमा टिकटकले यो ऐतिहासिक जरिवाना तिर्न मञ्जुरी जनाएको हो। सम्झौताअनुसार टिकटकले ३० करोड डलर तत्काल अमेरिकी न्याय मन्त्रालयलाई र बाँकी १० करोड डलर पछि बुझाउनेछ।

"यो मुद्दा शुरू हुँदाको अवस्थाभन्दा अहिले बालबालिका र अभिभावकहरू बढी सुरक्षित भएका छन् ।"

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्