१८औं नाडा अटो शो: आकर्षणमा रोबोट, केन्द्रमा ईभी र पूर्वाधारको बहस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोमा यसपटक पनि जी-१ ह्युमनोइड रोबोट र गो-२ क्वाड्रुपेड प्रदर्शन हुने भएको छ । नाडाको स्वर्ण जयन्ती संस्करणको रुपमा हुन लागेको उक्त शोमा रोवोट मानब र रोबोट कुकुर प्रदर्शन हुन लागेको हो । 

तर, यसपटकको अटो शो रोबोटको रमाइलोमा मात्र सीमित नहुने नाडाले जनाएको छ । अटो शो नेपालले विद्युतीय सवारीमा गरिरहेको तीव्र रूपान्तरण र त्यसले निम्त्याएको पूर्वाधार चुनौतीमा केन्द्रित हुनेछ ।

नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी चीन र बाँकी मुख्यतः भारतबाट आयातित हुन् । 

बढ्दो इभीलाई धान्न निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल त तयार भएको छ । तर पूर्वाधार निर्माणभन्दा ईभीको आयात निकै छिटो भइरहेको छ ।

यो प्रदर्शनीले सवारीसाधन र पूर्वाधारबीचको यो खाडललाई एउटै मञ्चमा राखेर समाधान खोज्ने प्रयास गर्ने आयोजकको भनाइ छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्