कांग्रेस संसदीय दल कर्णालीले भोटेकोशी बाढी प्रभावितका लागि २ लाख २५ हजार सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत - नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सरकारसँग आग्रह गरेको छ।

आज बसेको संसदीय दलको बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइतेको उपचार, बेपत्ताको खोजी तथा बाढीप्रभावितको उद्धार र राहतमा विशेष प्राथमिकता दिन नेपाल सरकारसहित सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बैठकले भोटेकोशी बाढीप्रभावितका लागि संसदीय दलका प्रत्येक सदस्यबाट १५ हजार रुपैयाँका दरले २ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

त्यस्तै, बाढीप्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले समेत आर्थिक सहायता उपलब्ध गराउन बैठकले अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्