भोटेकोशी बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकको २ करोड २१ लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको लागि सहयोग गरेको छ ।

बैंकले बाढी प्रभावितहरूको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरूबाट जम्मा भएको २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदान गरेको हो ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

बुधवार भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग जिल्ला लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्