काठमाडौं - सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो ।
सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकको खाता नम्बर दिइएको छ ।
सहयोगका लागि बैंक खाता
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (डलर खाता) – ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड – ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक – ११३०१००००३७६२००१, ११३०१०००००००६००६
एभरेस्ट बैंक लिमिटेड – ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड – ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड – ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक – १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड – ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोष
राष्ट्रिय वाणिज्य बैंक – १४३०१०००००२५००६, १४३०१००००११६४००१
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार उक्त खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!