सन्तोष र शान्तीश्रीको तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ - गायक सन्तोष परियारको नयाँ तीज गीत  ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ । तीज पर्वको मौलिकता, उमंग र सांस्कृतिक रङलाई समेटिएको गीतमा सन्तोष परियारलाई गायिका गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।

दिपेश राज पुरीको शब्द तथा दीपकराज विश्वकर्माको लय रहेको गीतमा  सन्जय श्रीपालीले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी प्रशान्त मगर र श्याम पटेलले गरेका हुन् । जसमा मोडल जुना विश्वकर्मा र सन्तोष परियारको अभिनय छ ।

भिडियोको छायाङ्कन विशाल थापाको रहेको छ भने प्रवीण भट्टले सम्पादन गरेका हुन् । सन्तोष एक राष्ट्र सेवक पनि हुन् । उनी विगत दश वर्षदेखि नेपाल प्रहरीमा रहेर देश र जनाताप्रति आफूलाई समर्पित गराउँदै आएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई live24nepali@gmail.com मा पठाउनु होला । धन्यवाद ।