चीनमा नयाँ शीर्षकका साथ रिलिज हुँदै रणवीरको ‘रामायण’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म मानिएको ‘रामायण’ चीनमा नयाँ शीर्षकका साथ रिलिज हुने भएको छ। 

४ हजार करोड भारुको लागतमा निर्माण गरिएको यस फिल्मलाई सोनी पिक्चर्सले विश्वभर वितरण गर्नेछ।

ठुलो लगानी रहेको यस फिल्मलाई चीनमा प्रदर्शन गराउनु निर्माताहरूका लागि ठूलो उपलब्धि मानिएको छ। प्राप्त रिपोर्ट अनुसार चीनमा यो फिल्म ‘रामायणः द लेजेन्ड अफ प्रिन्स चार्मिङ’ शीर्षकमा रिलिज हुने तयारीमा छ। 

यद्यपि निर्माताहरूले यसबारे आधिकारिक घोषणा गर्न बाँकी छ। केही समयअघि सार्वजनिक गरिएको यसको अङ्ग्रेजी ट्रेलरलाई विदेशी दर्शकले रुचाएका छन्।

भारतीय फिल्मका लागि चीन आकर्षक बजार मानिए पनि त्यहाँ रिलिज हुनु सहज छैन। अहिलेसम्म सीमित भारतीय फिल्म मात्रै चीनमा रिलिज भएका छन्। 

चीनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म आमिर खानको ‘दङ्गल’ हो, जसले त्यहाँ १ हजार १ सय करोड भारु कमाएको थियो। ‘दङ्गल’ का निर्देशकसमेत रहेका नितेश तिवारीले नै ‘रामायण’ को निर्देशन गरेका हुन्।

फिल्म नोभेम्बर ६ मा विश्वभर रिलिज हुनेछ भने भारतमा त्यसको दुई दिनपछि अर्थात् नोभेम्बर ८ मा तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ। फिल्ममा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। यसका साथै सनी देओल, विवेक ओबेरोय, लारा दत्ता, अरुण गोबिल, रवि दुबे, काजल अग्रवाल र रकुल प्रित सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्