काठमाडौं - नेपाली पौडी टोलीले आउँदो २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलुरुमा गर्ने भएको छ । एक महिना लामो प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्नेछ ।
पाँच खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभिभ प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्या महर्जन रहेका छन् । प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । २०औँ एसियाली खेलकुद आउँदो असोज ३ गतेदेखि जापानमा शुरु हुनेछ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!