अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेश बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाहुना टोली बंगलादेश बलियो स्थितिमा रहेको छ । टेस्टको तेस्रो दिन शनिबारको खेल समाप्तिसम्म अस्ट्रेलिया दोस्रो इनिङ्समा ६७ रनले पछि रहेको छ । बंगलादेशले पहिलो इनिङ्समा ४२६ रनको योगफल खडा गर्दै २२८ रनको अग्रता लिएको थियो ।

प्रत्युत्तरमा अस्टेलियाले दोस्रो इनिङ्समा चार विकेट गुमाएर १६१ रन बनाएको छ । इनिङ्सको हारबाट जोगिन र बंगलादेशलाई पुनः ब्याटिङ गराउन अस्ट्रेलियाले थप ६९ बनाउनुपर्नेछ ।

बंगलादेशका कप्तान नजमुल होसेन सान्टोले लगातार उत्कृष्ट खेल प्रदर्शनका कारण अस्ट्रेलियन भूमिमा आफूहरू बलियो स्थितिमा रहेको बताएका छन् । ‘हामीले लगातार तीन दिन ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छौँ । मलाई विश्वास छ योपटक यहाँ ऐतिहासिक जित हुनेछ,’ सान्टोले भने, ‘चौथो दिनको सुरुमै अस्ट्रेलियाको विकेट लिने प्रयास गर्छौँ ।’

अस्ट्रेलिया घरेलु मैदानमा कमजोर हुनुको पछाडि बंगलादेशका फास्टबलर हसन महमुदले करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । उनले पहिलो इनिङ्समा ५५ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका थिए ।

यसक्रममा उनले ज्याक वेथल्यान्ड र टेभिस हेडका महŒवपूर्ण विकेट लिन सफल भए । अस्ट्रेलिया अहिलेसम्म घरेलु मैदानमा बंगलादेशसँग पराजित भएको छैन । सन् २०१७ मा अस्ट्रेलिया अन्तिमपटक बंगलादेशसँग मिरपुर टेस्टमा पराजित भएको थियो ।

तेस्रो दिनमा बंगलादेशले स्कोर बोर्डमा थप ७५ रन जोडेको थियो । दोस्रो दिनको खेल समाप्तिसम्म बंगलादेशले ३५१/६ को प्रदर्शन गरेको थियो । अस्ट्रेलियाका लागि जोस हेजलउडले ८९ रन खर्चेर ६ विकेट लिएका थिए । उनले टेस्टमा तीन सय विकेट पूरा गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्