बाढीपहिरो प्रभावितलाई राहत तथा पुनर्स्थापनाबारे प्रधानमन्त्रीलाई कुलमान घिसिङले सुझाव दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं -  विनाशकारी बाढीपहिरोबाट उत्पन्न विपद्को अवस्थाबारे उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीसमक्ष सुझाव तथा कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।

पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार घिसिङले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्रीलाई सुझाव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो।

कार्यक्रम बिहीबार बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्