आशिका तामाङको तर्क: श्रीमान-श्रीमती र बालिकामाथिको बलात्कार एउटै होइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।

उनले घटनाको प्रकृति र गम्भीरताका आधारमा सजायको वर्गीकरण गर्नुपर्ने भनाइ राखिन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै तामाङले श्रीमतीले श्रीमानमाथि लगाएको बलात्कारको आरोप र तीन वर्षीया बालिकामाथि भएको बलात्कारलाई एउटै तराजुमा राखेर हेर्न नमिल्ने बताइन्।

उनले भनिन्, ‘श्रीमतीले श्रीमानलाई लगाएको बलात्कारको आरोप र तीन वर्षकी बालिकामाथि भएको बलात्कार कहिल्यै एउटै तराजुमा राखेर जोख्न मिल्दैन।’

उनले बलात्कारका घटनाको प्रकृति, पीडितको अवस्था र अपराधको क्रूरताका आधारमा कानुनले सजाय निर्धारण गर्न सक्ने व्यवस्था आवश्यक रहेको जिकिर गरिन्। 'बलात्कारको प्रकार हेरेर वर्गीकरण गरी कानुनले सजाय छुट्याउनु सक्नुपर्दछ र तत्काल कानुन संशोधन प्रक्रियामा अघि बढ्नुपर्दछ,' उनले भनिन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्