काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
महर्षि स्कुलले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताए ।
विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उनले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राखे ।
आफू युवा मन्त्री रहँदा पनि युवा केन्द्रित कार्यक्रमका जोड दिएको उनको भनाइ छ ।