नेपाल किसान महासङ्घको टोलीसँग सभापति गगन थापाको भेट !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाल किसान महासङ्घका केन्द्रीय महामन्त्री राजाराम पुडासैनीको नेतृत्वमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्षसम्मको टोलीले नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापासँग भेटघाट गरेको छ ।

भेटका क्रममा किसान नेताहरूले संयुक्त रूपमा किसानहरुको समस्या, नेपाल किसान महासङ्घको संगठन विस्तार तथा महासङ्घका आगामी गतिविधिका विषयमा पार्टी सभापति थापालाई जानकारी गराएका थिए ।

सो अवसरमा सभापति थापाले नेपाल किसान महासङ्घलाई अझ बलियो, व्यवस्थित र देशकै ठूलो किसान संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कृषिप्रधान देश भएकाले किसानका समस्या, उत्पादन, बजार, मल–बीउ तथा कृषि क्षेत्रका समग्र चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

किसानका हक, अधिकार र समस्या समाधानका लागि नेपाल किसान महासङ्घले प्रभावकारी भूमिका निर्वाह गर्दै संगठनलाई थप सशक्त बनाउने विषयमा पनि भेटका क्रममा महत्वपूर्ण छलफल भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्