काभ्रे - काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
खानीखोला ४ जगथली देखि बनेपातर्फ आउदै गरेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार कलक बहादुर माझी खानीखोला–४ र अनिता मोक्तान खानीखोला–२ का दुई जनाको घटनास्थलमै ज्यान गएको छ। गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि हेलीमार्फत कामीडाडाबाट उद्धार गरिएको छ ।
घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ । जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।