हामी सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौं : प्रधानमन्त्री शाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  प्रधानमन्त्री बालेन शाहले विपद्को सामना गर्दै सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा साथ दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फ शाहले संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने नहुने भन्दै  धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नु पर्ने बताएका हुन्। 

‘हामी रोकिदैनौं।आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौं,’ शाहले फेसबुकमा लेखेका छन्। विपद्को भाषा विनाश र दुःख भएपनि संकटका बेला  एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्ने पर्ने शाहको भनाई छ। 

यस्तै प्रधानमन्त्री शाहले अहिलेसम्म बाढीमा परेका १३०९५ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार कार्यमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई उनले धन्यवाद दिएका छन्। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्