काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २० वटा घर बनाइदिने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रसाईंले विपद्को समयमा प्रधानमन्त्री बालेन र सरकारको आलोचना गर्नुभन्दा प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने बताएका हुन्। ‘अहिले प्रधानमन्त्री बालेन र सरकारको टिमलाई गाली गर्ने समय हैन, देश सबैको साझा हो। अहिलेको समय बालेन सरकारलाई सहयोग गर्ने हो,’ उनले लेखेका छन्।
उनले बाढीमा ज्यान गुमाउनेलाई फर्काउन नसकिने भन्दै बाँचेका परिवारको गास, बास र कपासको व्यवस्थापनमा सबै जुट्नुपर्ने बताए। ‘मर्ने त मरेर गए, दुःखै लुकाए। बाचेका परिवारलाई गास, बास, कपासको व्यवस्थापनमा सबै जुटौं। हामीले त २० घर बनाइदिने निर्णय गर्यौं, तपाईंहरू चाहिँ के गर्ने?’ उनले थप भनेका छन्।
विपद्को समयमा राजनीतिक आरोप-प्रत्यारोपभन्दा प्रभावित परिवारको राहत, पुनर्स्थापना र आवासको व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रसाईंको भनाइ छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।
पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!