भोटेकोशी बाढीमा मृत्यु भएका असई खड्काको अन्त्यष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर कर्तव्य पालनाका क्रममा मृत्यु भएका असई रामहरि खड्काको दाहसंस्कार गरिएको छ । शनिबार साँझ पशुपति आर्यघाटमा आईजीपी दानबहादुर कार्की र एआईजी सुशील सिंह राठौरले उनको पार्थिव शरिरमा प्रहरीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे ।

इलाका प्रहरी कार्यालय टिमुरेको सञ्चार शाखामा कार्यरत खड्का भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै सम्पर्कविहीन थिए । उनको शव शनिबार चितवनमा भेटिएको थियो । मृतक खड्का रामेछापको मन्थी नगरपालिका–४ स्थित कबिलासका स्थानीय हुन् ।

यसअघि प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेल पनि मृत भेटिएका थिए । उनको शव पनि चितवन स्थित नारायणी नदीको किनारमा भेटिएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्