बाढी प्रभावित क्षेत्र पुगेर फर्किएपछि गगनले भने– फिल्डको अवस्था सोचेभन्दा निकै भयावह छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा गल्ती ढाक्नलाई अर्को नगर्न सरकारलाई सुझाएका छन्। सुरुङमा अड्किएकाहरूको परिवारका सदस्यहरूले लगातार फोन आफूलाई आइरहेको बताए।

उनले सरकारलाई भने, ‘हामीले जुन बेलामा बाहिरको सहयोग लिनुपर्छ भनेर भन्यौँ, समयमा सहयोग माग्ने काम भएन, चुक्ने कुरा भइसक्यो। अब फेरि गल्तीलाई ढाकछोप गर्ने भन्दा पनि जे गर्न सकिन्छ वेस्ट गर्ने कोसिस गर्नुपर्छ। एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्नुहोला। एउटा मात्र जीवन बचाउन सकियो भने पनि त्यो धेरै ठूलो कुरा हुन्छ।’

उनले शव व्यवस्थापनमा भएको कमजोरी पनि औँल्याएका छन्। आफन्तको सास नभेटिए पनि कम्तीमा लास भेटियोस् भनेर खोजी गरिरहेकाहरूको पीडालाई प्राथमिकतामा राखेर राज्यले संवेदनशीलता देखाउनुपर्ने बताए।

उनले आफू प्रभावित क्षेत्रमा जाँदा स्थानीय जनप्रतिनिधिको प्रशंसनीय भूमिका देखेको बताए। उनले खोजी, उद्धार, राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारको समन्वय हुनुपर्ने बताए।

राहत वितरणमा आवश्यकता अनुसारको व्यवस्थापन मिलाउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘राहत दिन चाहने धेरै हुनुहुन्छ, तर आवश्यकता र आपूर्तिबीच तालमेल मिलाउनुपर्ने देखिन्छ। सहयोग गर्न सक्नेहरूले सहयोग गरौँ, सक्दैनौँ भने पनि पीडितहरूलाई चोट पुग्ने गरी कटु वचन नबोलौँ। तल फिल्डको अवस्था बाहिरबाट सोचेभन्दा निकै भयावह छ।’

उनले बाँकी विषयहरू समेटेर पार्टीको तर्फबाट छिट्टै विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने र सरकारलाई बुझाउने समेत बताए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@live24nepal.com मा पठाउनु होला । धन्यवाद ।


प्रतिक्रिया (0)

पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ!

तपाईंको प्रतिक्रिया लेख्नुहोस्