काठमाडौं –
नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो। दुवै नेताबीच लिखित सहमति भएको छ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’
उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे ।
देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।
यो पनि : नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।
सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।
यो पनि : नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले आफू देउवाको पक्षमा उभिने स्पष्ट पारेका छन् ।
नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने बताएसँगै शर्माले उक्त कुरा बताएका हुन् । मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्, ‘सर्वसम्मति सर्वोत्तम ।
‘दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ’
उनले अगाडि लेखेका छन्, ‘पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो ।सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’






















