काभ्रे – प्रतिनिधिसभाको उम्मेदवारका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको हो ।
यस्तै उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब. पसखल, बिदुर बस्नेत, रसिला खनाल (महिला ) तथा समानुपातिक तर्फ हर्षजित लामा (आ.ज.), ललिता किङरिङ (आ.ज. महिला ), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित ), उद्धव कोईराला (अपांग ), बाबुराम गिरी (अल्पसंख्यक ) लाई सिफारिस गरिएको हो ।
त्यस्तै राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारको लागि सिफारिस गरेको हो । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न जिल्लाहरुबाट उम्मेदवार सिफारिस हुने क्रम जारी छ ।


















