नेपाली कांग्रेस खानीखोला-काठमाडौँ सम्पर्क समितिले गर्यो उम्मेदवारीसँग अन्तरक्रिया

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीमा जुटेको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ।

दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएसँगै कांग्रेसले भेला, बैठक तथा अन्तरक्रिया कार्यक्रमहरूलाई निरन्तरता दिएको हो।

यसैक्रममा शनिबार काठमाडौँमा नेपाली कांग्रेस खानीखोला–काठमाडौँ सम्पर्क समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गणेश लामाले पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै कांग्रेस र उसका उम्मेदवारको विजयका लागि सबै कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।

जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंले नेपाली कांग्रेस काभ्रेपलाञ्चोक दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्ने गरी अघि बढिरहेको बताए।

पार्टी जिल्ला सचिव तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले खानीखोलाको विकासलाई प्राथमिकतामा राखेर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै महासमिति सदस्य सार्कीमान बलले खानीखोलाबाट काठमाडौँ आएका पेशा तथा व्यवसायीका समस्या समाधानमा सहयोग गर्न सधैं तयार रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस खानीखोलाका सचिव क्षेत्र वाइवाले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई अधिकतम मत दिएर विजयी गराउन सबैलाई आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...