मेयर खरेलले तीन बर्षको सेवा सुविधा वापतको रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने

काभ्रे – पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा-सुविधा बापत आउने रकम बाढी-पहिरो प्रभावित पालिकालाई दिने घोषणा गर्नु भएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकबाट नगर प्रमुख खरेलले तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो । उहाँले सो रकम काभ्रेपलान्चोकका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो ।

पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७८ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

मेयर खरेलको तीन वर्षको सेवा सुविधा वापत प्राप्त रकम मध्य १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने कार्यपालिका बैटकमा घोषणा गर्नुभएको थियो ।

रकम प्रदान गर्ने घोषणाको क्रममा घोसित रकम पाँचखाल नगरपालिका भन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले सो पालिकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले प्रदान गर्ने बताउनु भयो । पाँचखाल नगरको बारेमा केही गरौला तर यो १५ लाख अति प्रभावित पालिकालाई दिने हो । मेयर खरेलले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...