खानीखोला गाउँपालिका वडा नं. ३ मा निशुल्क आँखा शिविर सम्पन्न !

काभ्रे – खानीखोला गाउँपालिकाको आयोजना तथा रेयुकाइ मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा खानीखोला गाउँपालिका वडा नं. ३ मानिशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेको विकट खानीखोला गाउँपालिका वडा नं. ३ जुरेमा आज २३ गते वडा कार्यलय तथा जुरे आधारभुत स्वास्थ्य केन्द्र स्वास्थ चौकिमा आँखा शिबिर सम्पन्न भएको हो ।

उक्त निशुल्क शिविर कार्यक्रममा ७२ जनाको आँखा परिक्षण गर्दा २ जनामा मोतिविन्दुको देखिएको र शल्यक्रिया गर्नुपर्ने देखिएको वडा अध्यक्ष सागर जिम्बालेजानकारी दिनुभएको छ ।

गत बर्ष परिक्षणबाट २६ जनाको मोति बिन्दुको अप्रेशन भएको थियो । अहिले खानीखोलाका विभिन्न वडाहरुमा निशुल्क आँखा परिक्षण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...