काभ्रे – श्री भाङ्गटार एकिकृत कृषि सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नंं ३ कार्य क्षेत्र बनाई विगत १२ वर्षदेखि कृषकलाई सहकारी सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको भाङ्गटार एकिकृत कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा धन बहादुर तुम्सिको सभापतित्व रहेको थियो ।
साधारण सभामा विशेष अथिति वडाअध्यक्ष सागर जिम्बाका साथै खानीखोला गाउँपालिका वडा नंं ३ का पुर्ववडाअध्यक्ष जय बहादुर लुङ्गेली मगर, युवा नेता तथा समाजसेवी क्षेत्र बहादुर वाईवा, युवा नेता तथा समाजसेवी रुपेश लोप्चन यस्तै युवा नेता तथा समाजसेवी डम्बर बहादुर घिसिङको उपस्थिति रहेको थियो ।
यस्तै युवा नेता तथा समाजसेवी विजय लुङ्गेली, शिक्षक सुनिल सारु मगरका साथै जयमान गोले, दुर्गा लुङ्गेली, टेक बहादुर किङरिङ र जित बहादर भोलनको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य चन्द्र बहादुर लुङ्गेलीले दिएका थिए ।
साधारण सभामा सल्लाहाकारहरु, संचालक समिति, लेखा सुपरीवेक्षण समिति विभिन्न उपसमिति शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको थियो । उक्त साधारण सभामा सदस्यहरुको उपस्थिति रहेको थियो ।






















