काभ्रे – नेपाल रेडक्रस सोसाइटी,खानीखोला उपशाखाले अग्निपिडितलाई स्वास्थ्य सामग्री, खाद्यान्न सहित राहत हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी खानीखोला उपशाखा काभ्रेका विपत् व्यवस्थापन संयोजक घमेन्द्र बहादुर थिङको संयोजकमा खानिखोला गाउँपालिका वडा नम्बर ३ बाङ्गेमा पुगी अग्नि पिडित भक्तबहादुर थिङ (हस्त सिंह) लाई राहत सामग्री वितरण गरेको हो ।
राहत सामग्री हस्तान्तरणका लागि नेपाल रेडक्रस सोसाइटी खानीखोला उपशाखा विपद व्यवस्थापन संयोजक घमेन्द्र बहादुर थिङको संयोजकत्वमा अग्निपिडित थिङको घरमा पुगेको थियो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी खानीखोला उपशाखा विपद व्यवस्थापन संयोजक थिङले यो विपदबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसका लागि नेपाल रेडक्रसले आवश्यक सामग्री सहयोग गरिएको बताए ।
उक्त राहत वितरण कार्यक्रममा खानिखोला गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सागर जिम्बा, युवा नेता तथा समाजसेवी क्षेत्रबहादुर वाइबा, युवा नेता तथा समाजसेवी डम्बर बहादुर घिसिङ, नेपाल रेडक्रस सोसाइटी खानीखोलाका सदस्य युवा नेता तथा समाजसेवी नेमा बल र रेडक्रस सदस्य अमिर तितुङ लगायको सहभागिता थियो ।
रेडक्रस अभियानले सम्बन्धित राष्ट्रको ऐन कानुन पालना गरी मानवीय सेवा कार्यमा सदैव सहयोग गर्दछ । नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।



















