युवा नेता तथा समाजसेवी रोशन राज पाण्डेद्वारा भृकुटि मा.विमा खेलकुद सामाग्री वितरण

काभ्रे – युवा नेता तथा समाजसेवी रोशन राज पाण्डेले ‘काभ्रेको कर्णाली’ भनेर चिनिने खानीखोला गाउँपालिका वडा नं. ३ मा अवस्थित भृकुटि माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामाग्री वितरण गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।

दुर्गम भौगोलिक अवस्था, सीमित स्रोतसाधन र राज्यको न्यून उपस्थितिका बीच पनि शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउन खेलकुद सामाग्रीको समस्य देखिएको हुदा समाजसेवी तथा युवा नेता प्रकाश वाईवाको पहलमा सोमबार विद्यालयमै पुगि सो सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरू खेलकुद सामाग्रीको अभावका कारण पछि पर्दै आएको यथार्थलाई मनन गर्दै पाण्डेले आवश्यक सामाग्री सहयोग गरेका हुन्। खेलकुद प्रतिभा भएर पनि साधन नहुँदा अवसरबाट वञ्चित हुनुपरेको अवस्थाप्रति गहिरो संवेदना व्यक्त गर्दै उहाँले “प्रतिभा गाउँ–ठाउँमै जन्मिन्छ, अवसर मात्र दिन सक्नुपर्छ” भन्ने भाव व्यक्त गरेका छन् ।

स्थानीय स्तरमै लुकेर रहेका खेलाडीहरूलाई प्रोत्साहन मिलोस् र उनीहरू आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन सकून् भन्ने उद्देश्यले गरिएको यो सहयोगले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई भावुक बनाएको छ। विद्यालय प्रशासनले पनि पाण्डेको सहयोगले विद्यार्थीहरूको मनोबल उच्च भएको र अब राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्साहका साथ तयारी गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

समाजसेवा केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका रोशन राज पाण्डेको यो कदमले राज्यका निकाय तथा अन्य सामाजिक व्यक्तित्वहरूलाई पनि दुर्गम क्षेत्रतर्फ ध्यान दिन सन्देश दिएको छ। शिक्षा र खेलकुदको माध्यमबाट समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वाससहित गरिएको यो कार्यले खानीखोलाका विद्यार्थीहरूको भविष्यप्रति नयाँ आशा जगाएको छ।

खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा खानीखोला गाउँपालिकाको प्रशासकिय अधिकृत राम कुमार तिमल्सिना, वडा नं. ३ का वडाअध्यक्ष सागर जिम्बा, समाजसेवी तथा युवा नेता प्रकाश वाईवा, युवा नेता तथा समाजसेवी प्रकाश जिम्बा, समाजसेवी तथा युवा नेता  नेमा बल र प्रयास बलका साथै विद्यालयको शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...