काभ्रेको ४ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत !

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाका चारवटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । यस अघि उक्त पालिकाहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु कार्यरत थिए ।

पटक पटक सरुवा हुँदा पनि हाजिर गर्न नआउने र आए पनि धेरै समय नबसी निमित्त दिएर अन्यत्र सरुवा भएर जाने गरेका कारण सोहि पालिकामा रहेका कर्मचारीहरु मध्ये सिनियर कर्मचारीहरु मध्येबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदै आएको थियो ।

भुम्लु गाउँपालिकामा सुर्वण खनाल, चौरीदेउराली गाउँपालिकामा अटलप्रकाश पुरी, खानीखोला गाउँपालिकामा विमल रिजाल र महाभारत गाउँपालिकामा सुर्यबहादुर तामाङलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । देशभरका १ सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।७५३ स्थानीय तहमध्ये १५४ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ति स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...