देउवा विजय भईसकेपछि पौडेलले गरे आफुलाई सभापति बन्नबाट रोकेको खुलासा, कार्यकर्ता आ क्रो शि त

काठमाडौं –

नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफुलाई सभापति बन्नबाट रोको बताएका छन् ।

पौडेलले विगतमा आफ्नो समुहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफुलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए ।

विरासतको आँडमा मलाई हटाइयो,भने अनि म नाङ्गिएर आउनुपर्ने सभापतिको उम्मेदवारीबाट आफुलाई रोकेको भन्दै उनले गम्भीर असन्तुष्टि जनाए । आफु उम्मेदवार नभएपछि भाट माग्न जान नमिल्ने तर्क गरे ।

पौडेलले कसैको पक्षमा सहमति नभएपछि आफु अगाडि सर्न खोजेको बताए । उनले सहमति गरेर आउँदा आफ्नो समर्थन रहने भन्दा पनि गर्न नसकेको र आफुलाई पनि स्वीकार नगरेको तर्क गर्दै असन्तुष्टि पोखे ।

उता महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भइसकेका छन् । प्रतिद्धन्द्धि शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सिमा पुगेका छन् ।

अन्तिम मत परिणाम अनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन् । दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए ।

यो पनि : नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ुप्रजातन्त्र दरबारलाई लगेर बुझाएकोु भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले ुकाबिलु प्रधानमन्त्रीको रूपमा लिँदैनन्।

यद्यपि देउवाका प्रशंसकहरू उनलाई ुपार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफलु व्यक्तिका रूपमा चित्रण गर्छन्। कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ताु देखिन्छन्।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने।

पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक(पटक जेल परेका थिए। त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।

आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए। २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए। त्यसबेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका ुसुरा(सुन्दरी काण्डुलगायतका घटनाहरू पनि भएका थिए।

त्यस्तै उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन्।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।

ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।

तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए। गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।

२०६२र६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनस् चौथो पटक प्रधानमन्त्री बनेका थिए। उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो।

२०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए।

सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याश्नलको उपाध्यक्ष समेत रहिसकेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।

सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...