काठमाडौं –
सरकार र ठूला दलका नेताको शेयर बजारप्रतिको दृष्टिकोण स्पष्ट नहुँदा लाखौं लगानीकर्ता रुष्ट हुन थालेका छन् ।
उनीहरुले ठूला दल र ठूला नेताको रवैया ठिक नभएको भन्दै ४५ लाख लगानीकर्ताले हालका लोकप्रिय नेता राजेन्द्र लिङदेनलाई समर्थन गर्ने चेतावनी दिन लागेका छन् ।
शेयर बजारमा भारी गिरावट जारी रहेको बेला आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएपछि आम लगानीकर्ता बढी रुष्ट भएका हुन् ।
पछिल्लो समयमा आम जनतामा लिङदेन निकै लोकप्रिय नेताको रुपमा देखा परेका छन् । लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पाटी उदार अर्थनीतिमा विश्वास गर्छ ।
प्रचण्डको शेयर बजारसम्वन्धी विवादित अभिव्यक्तिपछि लगानीकर्ताले ‘नो भोट’ अभियान पनि सञ्चालन गरिरहेका छन् ।
अर्थ मन्त्रालय सम्हाल्दै आएको पार्टीको पुँजी बजारप्रतिको दृष्टिकोण नकारात्मक हुँदा र अन्य ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस पनि शेयर बजारमा अवस्थाप्रति मुकदर्शक हुँदा लगानीकर्तामा निराशा बढेको हो ।
सामाजिक सञ्जालमा लगानीकर्ताहरुले पुँजी बजारमा जनताले गरेको लगानीको संरक्षण गर्नुपर्ने दायित्व सरकारको भए पनि सरकारमै रहेका दल र नेताहरुले नकारात्मक टिप्पणी गर्दै हिंडदा विशेषगरी साना र नयाँ लगानीकर्ता हतोत्साहित हुन पुगेका छन् ।
शेयर इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सरकार र ठूला दलका नेताप्रति लगानीकर्ताको विश्वास टुट्दै जाँदा लगानीकर्ताले
लिङदेनको खोजी गरेको देखिन्छ भन्दै तर आफू जिम्मेवार संस्थाको नेतृत्वमा रहेकाले लिङदेनलाई समर्थन गर्ने कुरा छलफल नगरी नबोल्ने बताए ।
उनले शेयर बजार समग्र अर्थतन्त्रको सुचक भएको र लगानीकर्ताले गरेकै लगानीका आधारमा उद्योगधन्दाको विकास हुने कुरालाई ठूला दलका नेताले बुझ्न नसकेको बताए ।
ढकालले सकारात्मक भूमिका खेल्न नसके पनि नकारात्मक टिप्पणी गर्दै हिंड्नु नेताहरुको गैरजिम्मेवार शैली भएको बताए ।
फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सरकार र दलहरुप्रति लगानीकर्ताको विश्वास घट्दै गएको र आक्रोस बढ्दै गएको बताउँदै यद्यपि
आफूहरु सकेसम्म वार्तावाटै समस्याको समाधान गर्ने, उनीहरुलाई शेयर बजारबारे बुझाउने पक्षमा रहेको बताए ।
यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन् । उनले लिङ्देनलाई बधाइ दिँदै पत्र पठाएका हुन् ।
‘राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको ह स्त क्षे प (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ।
स्वयं पूर्व राजाको प्रत्यक्ष निर्देशनमा उहांका सचिवहरू र नातेदारहरूले राजको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई द बा ब दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुलारूपमा । पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको ह स्त क्षे प अ म र्या दि त, अवाञ्छनिय र निन्दनीय छ,’ पत्रमा भनिएको छ।
उनले महाधिवेशनको बन्दसत्रमा ‘राजनीतिभन्दा माथि रहने तीन करोड नेपालीको साझा संस्थाका रूपमा राजसंस्था पुनर्स्थापना गर्ने नीतिबारे छलफल भइरहँदाको समयमा निर्मल निवासबाट भएको ह स्त क्षे पको परिणाम स्वरुप राप्रपाले अवलम्वन गर्दै आएको राजसंस्था सम्बन्धि आधारभूत मान्यतामाथि नै ग म्भी र आ घा त पुगेको बताए।
‘राप्रपाले परिकल्पना गरेको राजसंस्था पार्टीगत राजनीति भन्दा माथि उठेको सबैको विश्वास र आस्था आर्जन गर्नसक्ने तथा अभिभावकीय हैसियतमा रहने एउटा आदर्श संस्था हो।
नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजसंस्था आवश्यक छ भन्ने राप्रपाको सुस्पष्ट र दृढ धारणा हो।
यो मान्यताको उल्लंघन गर्दै निर्मल निवास स्वयंले राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ। यो घटनापछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ,’ उनले भनेका छन्।
शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्व राजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरुप ‘राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टि छ?’ भन्दै उनले प्रश्न गरेका छन्।






















