काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय भएको छ ।
पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।