सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...