नारी शक्तिलाई कमजोर नठान्न गायिका समीक्षाको चे ता व नी, कसलाई दियो चे ता व नी ?

काठमाडौं –

गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चे ता व नी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चे ता व नी दिएकी हुन् ।

‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना .माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्,

‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’ उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।

समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् । मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए ।

समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् । तर पलसँग जोडिएर आउने समाचार र गसिफ नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण

सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् । सो समय उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई

दुःखी बनाएको समेत बताएकी थिइन् । उनको स्पष्टीकरण पछि पल र उनको बीच जोडिएर आउने समाचारमा पूर्णविराम लागेको थियो ।

अहिले उनले फेरि सार्वजनिक गरेको चेतावनी पूर्ण स्टाटसलाई बिभिन्न व्यक्तिले धेरै कोणबाट हेर्न थालेका छन् । उनले आफ्नो चे ता व नी कसलाई हो भन्ने स्पष्ट खुलाएकी छैनन् ।

त्यसैले कतिले यो चे ता व नी पलसँग जोडिएर आएको समाचारलाई भनेका छन् भने कतिले घुमाउरो रुपमा पललाई चे ता व नी दिएको हुनसक्ने बताउँछन् । उनको यो स्टाटसले सेलाइसकेको पलसँगको गसिपलाई पुन बल पुग्ने अनुमान देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...