काठमाडौँ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई को रो ना भा इ र स को सं क्र म ण पुष्टि भएको छ । निजी सचिवालयले मन्त्रीलाई ज्व रो आएपछि गरिएको परीक्षणमा को रो ना पुष्टि भएको जनाएको हो।
को रो ना भएपछि आज (सोमबार)का लागि निर्धारित कार्यक्रम स्थगित गरिएको बताइएको छ। आइतबार मात्रै उनले पशुपतिनाथ परिसरको धर्मशाला र नारायणहिटी दरबारको अवलोकन गएका थिए ।
एन्टिजेन्ट परीक्षण गर्दा उनलाई को रो ना सं क्र म ण देखिएको हो । मन्त्री आलेले भने– ‘रू घा खो की र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो । ’
केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए।
यो पनि : नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई ‘आउट’ गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको नजर पशुपति धर्मशाला गएको छ ।
भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा निजी कम्पनी बतास अर्गानाइजेसनले
व्यापार गरिरहेको छ । उक्त धर्मशाला पर्यटनमन्त्री आलेले निरीक्षण गर्दैछन् । मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।
बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका नाममा पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल सञ्चालनमा ल्याएको थियो।
यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का र द्ध गरेका थिए ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालालाई सात तारे होटल बनाइएको बताएका छन्।
बतास समूहले भाडामा लिएर सञ्चालन गरिरहेको धर्मशाला धर्मशाला नभएर सात तारे होटल जस्तो रहेको उनको भनाइ छ। आज उक्त धर्मशालाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा
गर्दै मन्त्री आलेले आफूले निरीक्षणका क्रममा जुन संरचना बनाइएको देखे त्यसबाट अचम्म भएको बताए। ‘छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्छ।
त्यसपछि त्यसको आधारमा सबै कुरा छर्लङ्ग बाहिर आउने छ,’ उनले भने, ‘यहाँ कतिपय संरचना अनुमति नै नलिएर बनाइएका पनि रहेछन्।’
उनले धर्मशालालाई उच्चस्तरीय होटलका रुपमा विस्तार गरिएको भन्दै यसमा संलग्न जो कोही भए पनि कारबाही गरिने बताए। ‘के–के कमीजोरी भएको छ।
टेन्डर लगायतमा कसको साँठगाँठ छ प्रतिवेदन बुझाइसकेपछि छर्लङ्ग हुनेछ,’ उनले भने, ‘भक्तजनले सर्वसुलभ रुपमा बस्न पाउन भनेर बनेको हो। तर हेर्दा आलिसान कोठा रहेछन्। धर्मशालाको रुप नभएर आधुनिक सेभन स्टार होटलको जस्तै छ।’
उनले आफूले कसैप्रति पूर्वाग्राह राखेर अघि नबढेको भन्दै राज्यलाई नोक्सानी हुने काम गर्नेले उन्मुक्ति नपाउनेसमेत बताए। मन्त्री आलेले निरीक्षणका क्रममा अधिकांश संरचना अनुमति समेत नलिएर निर्माण भइरहेको बताएका हुन्।
बतास समूहले धर्मशालालाई होटलका रुपमा सञ्चालन गरिरहेको छ। एउटै कोठाको एघार हजारसम्म भाडा असुल्ने काम भइरहेको छ ।
साउना, बाथटप, जिमहल, आरोग्य केन्द्र, सभाहल लगायतका थुप्रै संरचनाहरु धर्मशालाभित्र निर्माण गरिएका छन्। मन्त्री आलेमगरले कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति बनाएका थिए। समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै छ।






















