प्रचण्ड विरुद्ध खनिए लगानीकर्ता : दिए यस्तो कडा चे ता व नी, त ना बमा प्रचण्ड !

काठमाडौं –

सेयर बजारका लगानीकर्ता नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वि रु द्ध खनिएका छन् । प्रचण्डले पुँजीबजारलाई साम्राज्यवादको रुपमा व्याख्या गरेपछि लगानीकर्ता उनी वि रु द्ध खनिएका हुन् ।

प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उत्पादन मूलक उद्योगमा लगानी हुनुपर्ने पैसा सेयरमा लगानी हुनु साम्राज्यवादको रूप भएको व्याख्या गरेका थिए ।  

इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको बताए ।

पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रूप भएको भनी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति विडम्बनापूर्ण भएको पूर्व अध्यक्ष पौडेलले बताए ।

उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको र यस क्षेत्रलाई साम्राराज्यवादको विकसित रूपको टिप्पणी गर्नु विडम्बनापूर्ण अभिव्यक्ति भएको बताए ।

पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी सङ्कलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल ग ल त तथा समय सान्दर्भिक नभएको बताए ।

यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरीत भएको बताएकी छिन् ।

अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताउँदै भनिन्, ‘सेयर बजारमा रोडमा साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको समेत लगानी रहेको छ ।’

प्रचण्डले दिएको अभिव्यक्ति सेयर लगानीकर्तालाई साँढेको जुधाइमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी छ ।

४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताइन् ।

प्रचण्ड र वर्तमान अर्थमन्त्रीलाई समेत पुँजीबजारको विषयमा सामान्य ज्ञान समेत नभएको पोखरेलले तर्क गरिन् । उनले भनिन्, ‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरीत हो ।

विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरूले शेयर बजारको विषयमा नकारात्मक कुराहरू बोल्ने गरेका थिए ।’

यो पनि : अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाउ गर्न खोज्दा चर्काे आ लो च ना खेपेका छन् । 

पछिल्लो समय सेयरबजारमा ठूलो संख्यामा सर्वसाधारण आबद्ध भइरहेको अवस्थामा शनिबार सेयर बजारको चर्को आ लो च ना गरेपछि सामाजिक सञ्जालमा उनी, अर्थमन्त्री शर्मा र माओवादी पार्टी वि रु द्ध नै आलोचना सुरु भएको छ। 

यसअघि पनि राजनीतिक टीकाटिप्पणी गरेर वि वा दमा तानिँदै आएका प्रचण्ड यसपटक भने सेयरबजार र दातृनिकाय वि रु द्धको टिप्पणीले वि वा दमा परेका छन् । 

माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु ‘साम्राज्यवादको विकसित रूप’ भएको बताएका थिए। 

यतिमात्र होइन उनले नेपालका मुख्य दातृनिकाय वि रु द्ध पनि विषवमन गरे। एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लगायतका अन्तर्राष्ट्रिय संस्थालाई उनले सीमित ‘पुँजीपतिले कमाउने थलो’ भनी व्याख्या गरे।

पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले ओरालो लागिरहेको सेयरबजार वि रु द्ध अभिव्यक्ति दिएपछि उनी वि रु द्धको आ क्रो श थप बढेको छ। यसअघि नै सामाजिक सञ्जालमा घट्दो सेयरबजारबाट निराश लगानीकर्ताहरु सरकार वि रु द्ध आ क्रो शि त भइरहेकामा प्रचण्डले बलेको आगोमा शनिबार घिउ थपेका हुन्।  

बिर्सिन नहुने पक्षचाहिँ सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले नै अर्थ मन्त्रालयको जिम्मेवारी पाएको छ। अर्थमन्त्री जनार्दन शर्मा उनकै पार्टीका नेता हुन्। लगानीकर्तालाई आश्वस्त बनाउन नीतिगत सहजता र समन्वयकारी भूमिका खेल्नुपर्ने दायित्व शर्माको काँधमा रहेका बेला अध्यक्ष प्रचण्डले विषवमन गरेका हुन्।  

उसै त गठबन्धनको सरकार बनेपछि नै नेपालको पुँजीबजार अर्थात् सेयर मार्केट निरन्तर गिरावट आएको छ। ३ हजार १ सय अंकसम्म पुगेको सेयर बजार सूचक नेप्से अहिले (आइतबार) २ हजार ३ सय ६१ अंकमा झरिसकेको छ।

अर्थमन्त्री जनार्दन शर्माप्रति लगानीकर्ताहरु पनि नकारात्मक टिप्पणी गर्न थालिसकेका छन्। उनीहरुले सेयरबजारमा न का रा त्म क सोच रहेकालाई फेसबुक, ट्विटर लगायत चर्चित सामाजिक सञ्जालमा ‘नो भोट क्याम्पियन’ नै चलाउन थालेका छन्। 

यो ‘क्याम्पियन’ सुरु भइरहँदा अर्थात् लगानीकर्ताहरु माओवादीतर्फ नकारात्मक बनिरहँदा यो सेयरबजार नै ग ल त हो भनेर प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई बचाउन खोजेको हुनसक्छ तर यो नै शर्माको लागि प्रत्युत्पादक साबित हुने देखिएको हो। 

के–के आ रो प लगाए प्रचण्डले ? 
उनले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका थिए।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए। 

अध्यक्ष प्रचण्डले सेयरबजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए। 

के भन्छन् विज्ञहरू ?
प्रचण्डले सेयरबजारलाई नै नकारात्मक रुपमा लिनु गलत भएको विज्ञहरुले बताएका छन्। अर्थशास्त्री डा. केशव आचार्य प्रचण्डको आ रो पलाई सत्य मान्न तयार छैनन्। बरु उनी त्यो प्रचण्डको ग ल त तर्क भएको बताउँछन्। 

उनी भन्छन्, ‘सेयरबजार भनेको नै लगानी संकलन गर्ने ठाउँ हो। सबै कुरा राज्यले मात्रै गर्नसक्छ भन्न सक्दैनौँ। लगानीको माहोल बनाइदिने पूर्वाधारहरु तयार गरिदिने जिम्मेवारी चाहिँ राज्यको हो। नियमन पनि राज्यले गर्ने हो। लगानीचाहिँ निजी क्षेत्रले गर्ने गरी विश्व नै अघि बढेको छ। नेपाल पनि त्यहीअनुसार अघि बढ्न चाहिरहेजस्तो देखिन्छ।’ 

लगानीको लागि प्रत्यक्ष रुपमा बचतकर्ताहरुसँग पैसा उठाउने नै सेयरबजार भएको आचार्यको भनाइ छ। उनले थपे, ‘अर्को भनेको चाहिँ बैंकहरुसँग लगानी लिने, त्यो पनि पैसाचाहिँ पब्लिकको नै हो।’ प्रचण्डको सेयरबजारको टिप्पणी त्यत्तिकैमा रोकिएको थिएन।

उनले पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनुजस्तै भएको उल्लेख गरेका थिए। उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको उनको तर्क थियो। 

अर्थशास्त्री डा. आचार्य भने सेयरबजार भनेको ‘पब्लिकसँग प्रत्यक्ष पैसा लिने’ स्रोत हो भन्छन्।  ‘अब यस प्रणालीलाई पनि साम्राज्यवादको रुपमा लिनु भनेको हामी उत्तर कोरियातर्फ मोडिने हो’, आचार्य भन्छन्। 

उनले भने, ‘राज्य सञ्चालन गर्ने प्रचण्ड जस्ताहरुले त यसको लगानीको अझ वातावरण बनाइदिने हो। यसलाई साम्राज्यवादको उपल्लो रुप हो भन्नुचाहिँ लगानीकर्तालाई पनि अवसर नदिने र आम सर्वसाधारणलाई पनि अवसरबाट वञ्चित गराउनु हो।’

प्रचण्डले अझै आक्रोशित हुँदै ‘नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेको’ बताएका थिए। 

‘अहिले धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ’, प्रचण्डको तर्क थियो, ‘हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ । तर, त्यस्तो होइन।’ 

अर्का अर्थविद् रामेश्वर खनाल पनि प्रचण्डको सेयरबजारलक्षित टिप्पणीबाट आश्चर्यचकित बनेका छन्। 

‘अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एसियाली विकास बैंकजस्ता दातृनिकायहरुलाई उहाँले साम्राज्यवादको उपमा किन दिनुभयो, त्यो थाहा भएन’, खनालले नेपालखबरसँग भने, ‘यिनीहरु नेपालमा समेत लगानी गरेका दातृनिकाय हुन्।’

प्रचण्ड आफैँ पनि दुई पटक प्रधानमन्त्री भएको र माओवादी भनेको नेपालको धेरै पटक अर्थमन्त्री पाउने पार्टी भएको बताउँछन् खनाल। 

‘सबैभन्दा धेरै व्यक्ति माओवादीबाट अर्थमन्त्री भए। उनीहरुले त्यसको सदस्यबाट किन नहटेको त कुनै गलत संस्था नै हो भने त्यसको सदस्य किन हुने?’, अर्थशास्त्री खनालको प्रतिप्रश्न छ, ‘अर्को नेपालको पुँजीबजारलाई साम्राज्यवादको आधुनिक रुप हो भनेर उहाँले कसरी भन्नु भो?’

यसलाई आफूले नबुझेको उनले बताए। ‘बरु दलाल पुँजीवादको केन्द्र सेयरबजार हो भनेको भएचाहिँ हो कि, हो कि भन्न हुन्थ्यो’, खनालले भने, ‘उहाँले पक्कै पनि गम्भीर बोल्नुभएको होला।’

प्रचण्डको त्यो व्याख्यामा अर्का अर्थशास्त्री डिल्लीराज खनालले भने प्रतिक्रिया नदिने बताए।  उनले भने, ‘मैले प्रचण्डको त्यो भाषण थाहा पाएँ। त्यसमा म कुनै प्रतिक्रिया दिन चाहन्न।’

यस्तैै पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले भने सेयरबजार ओरालो तथा उकालो कसैको भनाइमा आधारित रहेर हुन नै नहुने बताए। 

उनले भने, ‘कागले कान लग्यो भनेर भाग्नेहरूलाई प्रचण्डको यो भनाइ घातक छ तर यथार्थ बुझेर लगानी गर्नेलाई चाहिँ यसले केही फरक नपार्ला।’ 

प्रचण्डको भनाइ कति सही वा ग ल त भन्ने प्रश्नमा चाहिँ उनले भने, ‘पैसाले पैसा तान्छ भन्ने हाम्रो भनाइ न छ, त्यसलाई नै मान्ने हो भने उनको भनाइ ग ल त हो तर जति रकम सेयर बजारमा गएको छ, त्यसले रोजगारी वृद्धिमा योगदान दिएको छ वा छैन, उत्पादन वृद्धिमा र आधारभूत आवश्यकतामा पूरा गर्न मद्दत गरेको छ वा छैन भनेर हेर्ने हो भनेचाहिँ उनको भनाइ ठीक पनि छ।’

तर २ पटक प्रधानमन्त्री भएका व्यक्तिले नै यस्तो भनिदिँदा हल्ला र माहोल हेरेर लगानी गर्नेहरुलाई चाहिँ असर गर्ने पूर्वगभर्नर क्षेत्रीले बताए।पछिल्लो समय सेयर बजारमा ४८ लाख जनसंख्या आबद्ध भइसकेका छन्। त्यसमध्ये दोस्रो बजारमा चलखेल गर्नसक्ने संख्या निकै कम छ।

अधिकांश नेपाली कम्पनीले जारी गर्ने साधारण सेयरको लागि डिम्याट खाता खोलिरहेका छन्। प्रचण्डको भनाइलाई नै मान्ने हो भने २/४ पैसा नाफाका लागि आईपीओ भर्नेहरूलाई पनि पुँजीपतिकै दर्जामा राख्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...