एमसीसीको वि रो ध गर्नेमाथि प्रहरीको ला ठी चा र्ज, १५ जना प क्रा उ

काठमाडौं –

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न ख ब र दा री गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को वि रो ध मा उत्रिएका नेकपा (क्रा न्ति का री माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीहरुले मंगलबार संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा ब्यारिकेडलाई तो ड्दै नि षे धि त क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारी बीच झ ड प भएको छ । झ ड पमा केही कार्यकर्ता घा इ ते पनि भएका छन् ।

महानगरी प्रहरी कार्यालय एसपी सुशीलसिंह राठौरका अनुसार प्रदर्शनमा उत्रिएका १५ जनालाई प क्रा उ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा एमसीसी भएको दलहरुले बताएका छन् ।

यो पनि : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सम्पन्न भएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ‘ब्रिफिङ’ गरेका छन् । सांसद रेखा शर्माका अनुसार प्रचण्डले अमेरिकी परियोजना एमसीसीबारे पनि धारणा राखेका थिए ।

उनका अनुसार प्रचण्डले गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नै नहुने र संशोधनबिना अनुमोदन पनि नहुने बताएका छन् । माओवादीले एमसीसीबारे पुरानै अडान दोहोर्‍याएको छ ।

‘एमसीसीबारे यसअघि स्थायी समितिले गरेको निर्णयकै निरन्तरता हो,’ शर्माले नेपाल प्रेससँग भनिन्, ‘सम्झौतामा रहेका राष्ट्रहित विपरीतका कुराहरूमा संशोधन नभएसम्म माओवादी यसको विपक्षमा उभिन्छ ।’

अमेरिकाले एमसीसी छिटो अनुमोदन गर्न दबाब दिइरहेका बेला हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।

नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्षी एमाले यसबारे प्रष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...