काठमाडौं –
नेपाली कांग्रेस’को १४औँ महा धिवेशनको उद्घाटन समारोहमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ले जन’ताले अचेल गाउँमा जाँदा “नेतालाई कुन चाहिँ चो र आएछ भन्छन्” भनेर दिए’को अभि व्यक्तिले निकै चर्चा पाएको छ।
उक्त समार’हमै उनी पछि बोलेका अन्य दलका नेता हरूले लिङ्देन को अभिव्य’क्तिको प्रति’वाद गरेका थिए भने सामाजिक सञ्जालमा पनि त्यसबारे चर्चा भइरहेको छ। उनको अभिव्य’क्तिले च’र्चा पाए पछि बीबीसी ले सोधेको
प्रश्नमा लिङ्देनले चाहिँ “आफूले भुइँमान्छे’को कुरा गरेको तर नेता हरूले आफैँ लाई भने जस्तो गरी लिएको” बताए। एक जना समाज शास्त्री’ले
चाहिँ मानिसहरूले सामाजिक सञ्जाल र कुराकानीमा नेताहरू लाई गा ली गरेको देखिए पनि त्यस’ले समग्र रूप’मा राजनीतिक आवाजलाई प्रतिनिधित्व नगर्ने बताएका छन्।
लिङ्देनको भनाइ
महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दि’ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले जनताको नजरमा पछिल्ला दिनहरूमा नेताहरूको विश्वसनीय ता निकै गिरेको बताएका थिए। उनले गाउँमा जाँदा नेता हरू लाई जनताले “कुन चोर आयो” भन्ने गरेको बताए।
लिङ्देनले भने, “पार्टी’का कार्य कर्ताले एउटा चौतारोमा, एउटा सामुदायिक भवनमा नेता हरू बोलाएर राख्छन् र छर छिमेकीलाई आमन्त्रण गर्न जान्छन्। ‘आउनु न एक छिन फलानो चौतारोमा अर्थात् फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनु हुन्छ’ भन्छन्।”
“नेता आउँदै हुनु हुन्छ भन्दा’खेरि मान्छेले आजकल… कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन्। ‘कुन चाहिँ चोर आएछ’ आज त्यहाँ भनेर भन्छन्।” लिङ्देन को भनाइ लाई उनी पछि बोले का नेकपा एमाले र माओ वादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री हरूले प्रतिवाद गरेका थिए।
नेताहरूको प्रति’वाद
उनी पछि बोलेका माओ’वादी अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री पुष्प कमल दाहालले लिङ्देन’को भनाइ सत्य नभए को बताए। उनले ताना’शाही जन्माउन का लागि लोकतान्त्रिक दल र नेता हरू लाई बदनाम गराउन खोजिए को दाबी पनि गरेका थिए।
दाहाल’ले भने, “नेताहरू आए भने अहिले देशमा गाउँ घर मा ‘चो र आयो’ भन्छन् जनताले भन्नुभयो, तपाईँहरूले सुन्नु’भयो। यो साँचो हो त साथीहरू? होइन, ग ल त हो ।”
“यो केको निम्ति भनियो ? जति बेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका, शान्तिको निम्ति सङ्घर्ष गरेका राजनीतिक दल र नेता हरू लाई बदनाम गर्न खोजिन्छ, त्यहाँ निर’ङ्कुशता र ताना शाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।”
त्यस्तै लिङ्देन पछि नै बोलेका एमाले अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओली’ले पनि उनको भनाइको प्रति’वाद गरे। ओलीले भने, “नागरिकबाट कोही नेता उत्पन्न हुन स’क्दैन? हरेक नेता चोर हुन्छ ? यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको राप ताप होला केही साथीहरूलाई।”
“त्यस राप तापमा अलिकति… भर्खर भर्खर’को बाछो हिँड्न जान्दैन अलि बढी कुद्छ क्या ! नयाँ नयाँ सभापति भएको अलि कति राप ताप होला अलिक समयमा ठिक आउँ’ला भन्ने मलाई लाग्छ।” बी’बी’सी
यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ ।
जसका कारण लिङ्देनले २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
काँग्रेसका प्रभावशाली नेता सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका नेता हुन् । उनले काँग्रेसको सभापतिका लागि भएको १३औं महाधिवेशनमा उम्मेदवारी दिएका थिए । यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देन चर्चामा आए ।
राप्रपा २०७४ सालको चुनावमा झापा क्षेत्र नं ३ बाहेक देशभरबाट पराजित भएको थियो । लिङ्देनका कारण राप्रपाको अस्तित्व अहिलेको प्रतिनिधिसभामा रह्यो । उनले पार्टीको मुद्दालाई संसदमा उठाइरहे ।
लिङ्देनका लागि मन्त्री बन्ने मौका पनि आएको थियो । उनले राप्रपा छाड्ने देखि फुटाउने सम्मको चर्चा पनि नचलेको होइन । तर, लिङ्देन अविचलित रही एजेन्डाको राजनीतिमा चट्टाने अडानका साथ रहे ।
गत वर्ष हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सडकमा जुलुसहरु निस्कदा झापामा सबैभन्दा बढी मानिस उत्रिएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लामा राजसंस्थाको पक्षमा हजारौंको जुलुस निस्किएपछि तरंग आएको थियो । यो लिङ्देनको पक्षमा शक्ति प्रदर्शन थियो । जसले उनलाई अझ प्रभावशाली बनायो ।
प्रतिनिधिसभामा कृष्ण सिटौला जस्ता हस्तीलाई हराएका लिङ्देनले राप्रपाको अध्यक्षको चुनावमा आफ्नै दलका हस्ती नेता कमल थापालाई पराजित गरे ।
थापा पञ्चायतकाल देखि राजनीतिमा सक्रिय रही पटक पटक मन्त्री भइसकेका नेता हुन् । उपप्रधानमन्त्री भइसकेका थापाले गृह, परराष्ट्र, सञ्चार, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय चलाइसकेका छन् ।
यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देनले राजनीतिक छलाङ मारेका छन् ।






















