काठमाडौं –
भारतका कारण नेपालको सपना साकार हुने भएको छ । भारतको विद्युत मन्त्रालयले अनमुति दिएसँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्ने तयारी थालेको हो ।
मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।
यससँगै नेपालको विद्युत प्राधिकरणले पहिलो चरणमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गर्ने भएको छ ।
दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ ।
हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले नेपाली बिजुली निर्यातक लागि वातावरण सिर्जना गरेकामा मोदी सरकारलाई धन्यवाद दिएका छन् ।
यता तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।
जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”
काठमाडौंँलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उनले दिए ।
तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो सम्झन्छौँ श्रेष्ठले भने, “यस प्रकारका सामानको प्रयोग गर्दा सावधानी अपनाउन सकेनौँ भने आगलागीको समस्या आउन सक्छ । आगलागीको अर्को कारण भनेको यस विषयमा मानिसमा चेतनाको कमी समेत हो ।”
तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घरमा दियो तथा झिलिमिली बत्ती बाल्ने चलन छ तर चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको श्रेष्ठले बताए ।
उनका अनुसार तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ । तिहारमा सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ ।
यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् सर्ट हुने सम्भावना हुन्छ । तिहारमा आउन सक्ने सबै जोखिमबारे पूर्ण तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिँदै उहाँले जुद्ध वारुणयन्त्र पनि तयारीमा रहेको जानकारी दिए ।
तिहारको समयमा बढी यस्ता आगलागीको अप्रिय घटना हुने भएकाले सुरक्षा दिन आफूहरू तयार रहेको उनले बताए ।
यो पनि पढनुहोस : चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।
मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए ।
उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।
‘तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर हटाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढिलाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।
उनले दिउँसो नै कर्मचारीहरुलाई ग’म्भी’रतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बि’डम्ब’नापूर्ण अवस्थाको स’म्वेदन’शील’ता बुझ्न उनको आग्रह थियो ।
कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै काटेर खवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।
मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा सम’स्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।
‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको सम’स्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’






















