काठमाडौं – ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट भारततर्फ विद्युत निर्यात थालिएको छ ।
भारतले नेपालबाट बिजुली किन्न थालेसँगै मंगलबार रातिदेखि यस प्रसारण लाइनबाट बिजुली भारत पठाउन थालिएको जनाइएको हो । भारतले सोमबार मात्र नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति दिएको थियो ।
अहिले भारतले आफ्नो अनुदानमा सञ्चालित आयोजनाका बिजु्ली मात्र किनेको छ । भारतले गत वर्ष छिमेकी मुलुकबाट बिजुली आयात गर्ने विषयमा बनाएको कार्यविधि अनुसार उसले नेपालमा चिनियाँ लगानीका आयोजनाको बिजुली नकिन्ने देखिएको छ ।
तर, नेपालीले लगानी गरेका आयोजनाबाट भने बिजुली बेच्न कार्यविधिमा कुनै सर्त नराखिएकाले नेपाली लगानीको बिजुली बेच्नका लागि प्राधिकरणले प्रक्रिया थालेको जनाइएको छ ।
यो पनि पढनुहोस : चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा सम’स्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको (भरतपुर) बसेनी सबस्टेसन पुगे ।
उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो । तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए ।
तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले अस’न्तोष व्यक्त गरे ।
उनले कर्मचारीहरुलाई ग’म्भी’रतापूर्व’क काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे ।
तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै अस’न्तुष्टि पोखे । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ?’ उनले कर्मचारीसँग झो’क्कि’एरै भने,’यहाँ जात्रा हेर्न आउनु भएको ?’
उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे । प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए ।
कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई चाहिए जति जनशक्ति बोलाएर काम लगाउन आग्रह गरे । ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस्, खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौं, कति श्रमिक र पैसा चाहिन्छ भन्नुस्,’ घिसिङले प्राविधिक टोलीका नेतासँग भने,’२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’
घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरे । जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिन भएकाले जसरी पनि विद्युत आपूर्ति गर्ने गरी काम गर्न घिसिङले निर्देशन दिए ।
मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा सम’स्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्ऽ अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।
तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि सम’स्याहरु फुकाउन भन्दै घिसिङ चितवन पुगेका थिए ।
यस्तै नेपालले पहिलोपटक भारतमा विद्युत् बेच्नका लागि अनुमति पाएको छ । यसअघि भारतमा विद्युत् आदान–प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको नेपालले अब व्यापारको अवधारणामा विद्युत् निर्यातको स्वीकृति पाएको हो ।
भारतीय ऊर्जा बजारमा सोमबारबाट प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीका लागि अनुमति पाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री हुनेछ ।
प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत निर्यात् सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो ।
निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् ।
‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुंगा हो, ’ उनले भनिन् ।
हामीले प्रस्ताव गरेका ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं , ’ मन्त्री भुसालले भनिन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए ।
‘विद्युत् निर्यातको सुरुआत थोरै परिमाणबाट भएपनि चाँडै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसीलगायत अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं,’ उनले भने ।






















