गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक पुरुष भएको पुष्टि

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ ।

यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

काठमाडौंको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो । ट्रकले स्कूटरलाई ठक्कर दिएसँगै बिहीवार दिउँसो गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो ।

ट्रकको चक्काले स्कूटर चालकलाई पूरै लत्र्याएको थियो । स्कूटर चालकको शव चक्कामा च्यापिएकाले प्रहरीले निकाल्न क्रेनको सहयोग लिनुपरेको थियो । घटना विभत्स भएकाले तनावको स्थिति आएको हो ।

प्रहरीले ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । डीएसपी कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...